Friday, January 16, 2026
Date
शुक्र, माघ २, २०८२
Fri, January 16, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

जेनजी आन्दोलनले क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण अदालतलाई पहिलो प्राथमिकता

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, अशोज १०, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 4
A A
0
जेनजी आन्दोलनले क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण अदालतलाई पहिलो प्राथमिकता
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनामध्ये अदालतलाई पहिलो प्राथमिकता दिँदै पुनर्निर्माण सुरु गर्ने सरकारी तयारी भएको छ ।

आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित उच्च, जिल्ला र विशेष अदालतमा समेत आगजनी र तोडफोड भएको थियो । साथै सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको प्रारम्भिक तथ्यांकले देखाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार प्रहरी, स्थानीय तह र प्रदेश अन्तर्गतका बाहेक संघीय स्तरमा मात्र ४३५ सरकारी संरचना क्षतिग्रस्त भएका छन् । तीमध्ये अदालत, मन्त्रालय, संसद् भवन, मन्त्री तथा प्रधानमन्त्री निवास, राष्ट्रपति भवनसमेत छन् ।

You might also like

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

शहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा नेपाल इन्जिनियर्स एसोसिएसनलगायतको टोलीले अध्ययन गर्दा २५ कार्यालयका ६२ भवनमध्ये २४ वटा प्रयोग गर्नै नमिल्ने निष्कर्ष निकालेको छ । ती भवनमा रातो स्टिकर टाँसिएको छ ।

रातो स्टिकर टाँसिएका संरचनामा प्रधानमन्त्री निवास परिसरका दुई भवन, प्रधानन्यायाधीश आवास नजिकको सहायक भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पश्चिम भाग, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, स्वास्थ्य मन्त्रालय, नेपाल बार एसोसिएसन, यातायात व्यवस्था विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलगायत परेका छन् ।

यस्तै १४ वटा भवनलाई मर्मत गरेर प्रयोग गर्न मिल्ने भन्दै पहेंलो स्टिकर टाँसिएको छ भने २२ भवनमा सामान्य मर्मतपछि प्रयोग गर्न सकिने भनेर हरियो स्टिकर टाँसिएको छ ।

विशेष–अतिविशिष्ट व्यक्तिहरूका आवास (राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री निवास), सिंहदरबार र संसद भवनसहित ५५ वटा संरचना क्षतिग्रस्त भएका छन् । तीमध्ये तीनमा रातो, नौमा पहेंलो र तीनमा हरियो स्टिकर टाँसिएको छ । थप करिब ४० भवनको अध्ययन अवलोकन भने बाँकी छ ।

सरकारले असोज ५ गतेको मन्त्रिपरिषद् बैठकमार्फत “भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२” पारित गरी कार्यान्वयनमा ल्याएको छ । अर्थमन्त्रीको अध्यक्षतामा रहेको समितिमा गृहमन्त्री, सहरी विकास मन्त्री, मुख्य सचिव सदस्य तथा सहरी विकास मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

समितिले क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणमा अदालतलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको एक सदस्यले बताएका छन् । सर्वोच्च अदालत भवन पूर्ण रूपमा जलेर खरानी भएको र सबै कागजात नष्ट भएकाले हाल पालमुनिबाट सेवा सञ्चालन भइरहेको छ ।

जेनजी आन्दोलनका कारण निजी र सरकारी गरी एक खर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

Previous Post

शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

Next Post

भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जा मन्त्री घिसिङ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

by Dailekh Karnali Television
बुधबार, पुस २३, २०८२
Next Post
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जा मन्त्री घिसिङ

भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जा मन्त्री घिसिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

कञ्चनपुरमा बर्डफ्लु सतर्कता भारतीय कुखुरा आयातमा पूर्ण प्रतिबन्ध

कञ्चनपुरमा बर्डफ्लु सतर्कता भारतीय कुखुरा आयातमा पूर्ण प्रतिबन्ध

बुधबार, भदौ १८, २०८२
हरिबोधिनी एकादशी आज  तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै

हरिबोधिनी एकादशी आज तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै

शनिबार, कार्तिक १५, २०८२

Don't miss it

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In