गोरखा सांस्कृतिक समाजको पाँचौं अधिवेशनबाट गायिका चिजा तामाङ सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ। संस्थाको पाँचौं अधिवेशनमा सर्वसम्मत निर्णयमार्फत नयाँ नेतृत्व चयन गरिएको हो।
नयाँ अध्यक्षमा निर्वाचित तामाङले नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा समाजलाई अझ सक्रिय बनाउने प्रतिबद्धता जनाउनुभएको छ। उहाँलाई अध्यक्ष पदमा निर्वाचित भएकी अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।














