बैतडीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्। मंगलबार पाटन नगरपालिका-६ स्थित पाटन बजारमा रहेको एसकेएनएस निर्माण सेवा प्रालिबाट सोही ठाउँका २१ वर्षीय हेमन्त बिष्टसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट २५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरूलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














