कैलालीको गौरीगंगा नगरपालिका-१० शान्तिपुर टोल जाने बाटोको कल्भर्टबाट एक किशोर खैरो हेरोइनसहित पक्राउ परेका छन्। शुक्रबार पक्राउ परेका युवक गौरीगंगा-८ बस्ने १८ वर्षीय हुन्।
प्रहरीका अनुसार उनको साथबाट ५६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














