सुर्खेतको छिन्चु–सुब्बाकुना सडकखण्ड अन्तर्गत सिस्नेरी नजिकै ट्रकले ठक्कर दिँदा एक स्करपियो गाडी नालामा पल्टिएको छ। वीरेन्द्रनगरतर्फ आउँदै गरेको उक्त स्करपियोलाई भे १ क २१९२ नम्बरको ट्रकले ठक्कर दिएको हो।
दुर्घटनामा स्करपियो गाडीमा सामान्य क्षति पुगे पनि सवारीमा सवार सबै यात्रु सकुशल रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ट्रकको ठक्करबाट गाडी अनियन्त्रित भई नालामा खसेको थियो।